आईएमई पे र खल्तीबीच मर्जर सम्झौता: नयाँ नाम ‘आइएमई खल्ती’

नेपालका प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पे बीच मर्जरको सहमति भएको छ। आइतबार ४ फागुनमा दुबै कम्पनीले मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। मर्जर प्रक्रिया नेपाल राष्ट्र बैंकको स्वीकृति पछि अघि बढ्नेछ।

मर्जरपछि नयाँ कम्पनीको नाम 'आइएमई खल्ती' राखिने जानकारी प्राप्त भएको छ। यो मर्जर नेपालमा भुक्तानी सेवा प्रदायकहरुबीचको पहिलो मर्जरको रुपमा चिनिनेछ।

आइएमई पे, जुन आइएमई डिजिटल सोलुसन लिमिटेड द्वारा सञ्चालित छ। यसको ९८ प्रतिशत स्वामित्व IME समूहसँग रहेको छ। खल्तीमा भने अमित अग्रवाल लगायतका लगानीकर्ता छन् र वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ।

यो मर्जर नेपाल राष्ट्र बैंकमा एलओआइ (आशय पत्र) पेश गर्ने प्रक्रियासँगै आधिकारिक हुनेछ। मर्जरले नयाँ र प्रतिस्पर्धी भुक्तानी सेवा प्रदायक 'आइएमई खल्ती' लाई जन्म दिनेछ।

हाल, खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ। यस मर्जरले बजारमा दुवै कम्पनीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x