ज्ञानमाण्डू। उत्प्रेरक वक्ताको रुपमा चिनिदै आउनु भएका सन्तोष लामाको ‘सफलताको ब्लूप्रिन्ट’ पुस्तक प्रकाशनमा आएको छ । बुधबार राजधानीको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा एक कार्यक्रमा प्रमुख अतिथी माननिय बहादुर सिंह लामा लगाएतकाे अतिथिले उक्त पुस्तक बिमोचन गर्नुभएकाे हाे ।
उत्प्रेरक वक्ता सन्तोष लामाको "सफलताको ब्लूप्रिन्ट" सार्वजनिक
पुस्तकबारे प्रमुख अतिथि लामाले आफ्नो जीवनमा भोगेकै कुरा पुस्तकमा पाउन सकिने बताउनु भयो । उहाँ यस पुस्तकबाट जीवनमा भइरहेको असफलताका बिच सफलता पाउन सकिने बताउनु भयो । ‘सन्तोष भाईको यस पुस्तकमा मेरै कुराहरु पनि समेटिएको जस्तो लाग्यो । जीवन भोगाईका कुरा असफलता सँगै संघर्षका कुरा समेटिएको देख्दा मेरै जीवनको कुरा उतारिएको जस्तो पनि लाग्यो ।’ लामाले भन्नुभयो । ‘हामी जन्मिएपछि केहिसमयमा हिड्छौ, त्यसपछि बोल्न सक्छौं, त्यसपछि अलि ठुलो भएपछि केहि काम गर्न सक्छौं भनेजस्तै, सफलता पाउनका लागी स्टेप स्टेप देखाइएको छ । यो पढ्नै पर्ने पुस्तक छ ।’
