चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालले करिब २ अर्ब रुपैयाँ बराबरको विदेशी स्याउ आयात गरेको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार यस अवधिमा १ अर्ब ९५ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख १ हजार ८२५ किलोग्राम स्याउ आयात भएको हो।
नेपाली बजारमा दैनिक उपभोग तथा चाडपर्वका बेला बढ्ने माग पूरा गर्न ठुलो परिमाणमा स्याउ आयात हुँदा त्यसबापत उल्लेख्य विदेशी मुद्रा बाहिरिएको छ। आयातित स्याउको मुख्य स्रोत छिमेकी मुलुक चीन र भारत रहेका छन्।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा चीनबाट मात्रै १ अर्ब ४६ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको ८९ लाख ७१ हजार २२१ किलोग्राम स्याउ आयात भएको छ। मूल्यका आधारमा हेर्दा कुल स्याउ आयातमा चीनको हिस्सा सबैभन्दा ठुलो छ।
त्यस्तै, भारतबाट ४९ करोड २ लाख ४३ हजार रुपैयाँ बराबरको ५९ लाख ३० हजार ६०४ किलोग्राम स्याउ नेपाल भित्रिएको छ। यसरी दुई महिनामै चीन र भारतबाट गरी कुल १ करोड ४९ लाख किलोग्रामभन्दा बढी स्याउ आयात भएको देखिन्छ।
नेपालका जुम्ला, मुस्ताङ, मनाङलगायतका हिमाली जिल्लामा स्थानीय स्याउ उत्पादन हुने गरे पनि बजारको माग पूरा गर्न आयातमा निर्भर रहनुपरेको छ। स्थानीय उत्पादनले बजारको माग कति हिस्सा धानिरहेको छ भन्ने छुट्टै विवरण उपलब्ध नभए पनि आयातको ठुलो परिमाणले नेपाली बजारमा विदेशी स्याउको उल्लेख्य उपस्थिति रहेको देखाउँछ।
दुई महिनामै नेपालमा भित्रियो करिब २ अर्ब रुपैयाँको विदेशी स्याउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
