सामसुङ नेपालद्वारा ‘मनसुन क्याम्प’ सेवा सुरु

सामसुङ नेपालले वर्षा याममा स्मार्टफोनमा हुने क्षति न्यूनीकरणका लागि ‘मनसुन क्याम्प’ सेवा अभियान सुरु गरेको छ। यस अन्तर्गत प्रयोगकर्ताहरूले आफ्ना फोनको चार्जिङ पोर्टको मर्मत वा प्रतिस्थापन सुविधा निःशुल्क पाउनेछन्।

यो विशेष सेवा अगस्ट २४ सम्म उपलब्ध हुनेछ। वारेन्टी भएको वा नभएको दुवै अवस्थामा सामसुङका अधिकृत सेवा केन्द्रमा गएर चार्जिङ पोर्ट प्रतिस्थापन गर्न सकिनेछ। यद्यपि, श्रम शुल्क र अन्य आवश्यक पार्ट्सको लागत भने ग्राहक आफैँले व्यहोर्नुपर्नेछ।

सामसुङ नेपालका सहायक महाप्रबन्धक तथा ग्राहक सेवा प्रमुख राजन भट्टराईले वर्षा र चिस्यानले फोनको चार्जिङ पोर्टमा समस्या ल्याउने भएकाले समयमै मर्मत सेवा उपलब्ध गराइएको बताउनुभयो। उहाँका अनुसार यो पहलले ग्राहकलाई वर्षाका मौसममा फोन सहज र सुरक्षित रूपमा प्रयोग गर्न मद्दत गर्नेछ।

सामसुङले सबै प्रयोगकर्तालाई यो सीमित अवधिको सेवा लिन आग्रह गर्दै थप जानकारीका लागि नजिकको सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x