बैंक तथा सरकारी कार्यालयको समय परिवर्तन: आजदेखि बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने

चिसो मौसम र दिन छोटो हुँदै जाने मौसमी अवस्थालाई मध्यनजर गर्दै आज (कात्तिक १६ गते) देखि देशभरका सरकारी कार्यालयहरू तथा बैंक एवं वित्तीय संस्थाहरूमा हिउँदे समय तालिका कार्यान्वयनमा आएको छ। सेवाग्राही तथा कर्मचारीहरूको सुविस्ताका लागि सरकारको राजपत्रमा प्रकाशित सूचना बमोजिम आगामी तीन महिना अर्थात् माघ १५ गतेसम्मका लागि कार्यालय समयमा एक घण्टा कटौती गरिएको छ।

नयाँ व्यवस्थाअनुसार अबदेखि सरकारी कार्यालयहरू तथा बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन हुनेछन्। यसअघि कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुँदै आएका थिए। हिउँदे अवधिभर सातामा पाँच दिन मात्र सेवा प्रवाह हुनेछ।

इन्धन खपतमा मितव्ययिता अपनाउने उद्देश्यले यसअघि मन्त्रिपरिषद्ले गरेको सातामा दोहोरो बिदाको निर्णयलाई निरन्तरता दिँदै कार्यालयहरू साताको ५ दिन मात्र खुल्ने गरेका छन्। समय तालिका परिवर्तन भएपछि सम्बन्धित निकायहरूले सेवाग्राहीलाई तोकिएको नयाँ समयभित्रै उपस्थित भई सेवा लिन अनुरोध गरेका छन्। आगामी माघ १६ गतेदेखि भने सरकारी तथा वित्तीय कार्यालयहरूको समय पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x