
नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको २ लाख ३१ हजार ४०३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
कम्पनीले संस्थापक शेयर धनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।
यसअघि उक्त शेयर संस्थापक शेयर धनीहरूका लागि मात्रै बिक्री खुला गरिएको थियो। तर, तोकिएको समयभित्र कुनै पनि संस्थापक शेयर धनीबाट खरिदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको जनाएको छ।
अब इच्छुक व्यक्ति तथा कम्पनीले उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।
