
सिद्धार्थ बैङ्क लिमिटेडले संस्थापक समूहको १ लाख २१ हजार १२५ कित्ता शेयर बिक्रीमा राखेको छ।
बैङ्कले यस अघि उक्त शेयर विद्यमान संस्थापक शेयर धनीका लागि मात्रै बिक्री खुला गरेको थियो। तर, तोकिएको अवधिमा खरिदका लागि कुनै आवेदन नपरेपछि अब संस्थापक शेयर धनीबाहेक अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको बैङ्कले जनाएको छ।
बैङ्कका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आगामी सात दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या खुलाएर आवेदन दिन सक्नेछन्।
शेयर खरिद गर्न चाहनेले बैङ्कको काठमाडौँस्थित नक्सालमा रहेको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
