
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि उक्त सेयर विद्यमान संस्थापक शेयर धनीका लागि बिक्री खुला गरेको थियो। तोकिएको अवधिमा संस्थापक शेयर धनीबाट खरिदका लागि कुनै आवेदन नपरेपछि अब अन्य संस्था तथा इच्छुक व्यक्तिले समेत सेयर खरिदका लागि आवेदन दिन सक्ने भएका हुन्।
सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।
