NDPC, GFM द्वारा "मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्ड ले सम्मानित

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्क द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) लाई अनलाइन समाचार एग्रीगेटर, "ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु" (GFM) ले "मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" को अवार्डले सम्मानित गरेको छ। ग्लोबल फाइनान्सियल मार्केट रिभ्यू (GFM) वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो।

पारदर्शिता, कर्पोरेट सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाप्रति NDPC द्वारा सञ्चालित डिजिटल भुक्तानी सेवा प्रदायक, नमस्ते पे को प्रतिबद्धता र निरन्तर प्रयासको आधारमा यो अवार्ड NDPC लाई प्रदान गरिएको हो। नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नव प्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ।

नमस्ते पे ले USSD च्यानल मार्फत *500# डायल गरेर उपभोक्ताहरूलाई बिना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ, जसले डिजिटल वित्तमा उपभोक्ताहरूलाई सहज पहुँच प्रदान गरेको छ। साथै "Request Money" र "Split Bill" जस्ता सुविधाहरू उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत बनेको छ।

ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु (GFM) ले आफ्नो वेबसाइटमा अवार्ड विजेताहरूलाई प्रवर्द्धन गर्न र विभिन्न समाचार प्लेटफर्महरूमा व्यापक कभरेज सुनिश्चित गर्न आफ्ना मिडिया साझेदारहरूसँग सहकार्य गर्ने योजना समेत बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x