फर्स्ट माइक्रोफाइनान्सको १७औँ वार्षिक साधारण सभा मङ्सिर २८ गते


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आगामी मङ्सिर २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो। काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिबाट प्रस्तावित हाल कायम चुक्ता पुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, संस्थापक शेयर धनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ।

त्यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मङ्सिर १४ गतेसम्म शेयर धनी कायम रहेका लगानीकर्ताले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x