अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अद्यावधिक हुने।
बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरूलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको कम्पनीले जनाएकाे छ ।
यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरूले सर्वप्रथम प्ले स्टोर वा एप स्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ । पुरानो प्रयोगकर्ताहरूले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गई दायाँपट्टि रहेको इन (EN) सङ्केतबाट नेपाली भाषा रोज्न सक्ने कम्पनीले जनाएकाे छ। नयाँ प्रयोगकर्ताहरूले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्ने छन् ।
यस पश्चात् प्रयोगकर्ताहरूले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सक्ने छन् । विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरूले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् ।
आइएमई पे एप अब नेपाली भाषामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
