डिजिटल नेपाल कन्क्लेभ २०२३ को लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबिच सम्झौता

डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबिच सम्झौता भएको छ । डिजिटल रूपान्तरणको प्रयास स्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरू एक ठाउँमा उपस्थित हुने सो कम्पनीले बताएको छ । शुक्रवार ह्वावे नेपाल कार्यालयमा भएको सम्झौतामा ह्वावे नेपालका सिइओ हवांङ जुन र आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालबिच हस्ताक्षर भएको हो ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ यही असार ८ र ९ गते सोल्टी काठमाडौँमा आयोजना हुने सो कम्पनीले जानकारी दिएको छ । कन्क्लेभमा नेपाल बाहेक दक्षिण कोरिया, सिंगापुर, भारत, बङ्गलादेश, अमेरिका लगायतबाट प्रस्तुतिको लागि विज्ञहरूको उपस्थिति हुने सोही कम्पनीले बताएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रि (इभेन्टको रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । यस वर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ । ‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्‍याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत् सम्मेलन रहेको सो कम्पनीले बताएको छ ।

कन्क्लेभसंगै ह्वावेले मोबाइल नेपाल कङ्ग्रेसको पनि आयोजना गर्दै छ, जहाँ फाईभजी, एआइ लगायतका नयाँ प्रविधिहरूको बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सक्ने ह्वावेले बताएको छ । ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको  ह्वावेले जानकारी दिएको छ। मोबाइल नेपाल कङ्ग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको पनि बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x