आइएमई पे मार्फत डेली ग्रोसरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ ।

सो अफर अन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म १०५ छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । सो अफर ज्येष्ठ १ देखी असार ३१ सम्म चल्ने छ।

आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। सो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x