स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ ।

साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा आइएमई लिमिटेडबाट क्रमशः रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैङ्क लिमिटेडबाट रश्मि पन्त, ग्लोबल आईएमई बैङ्क लिमिटेडबाट अनिल जोशी र सिटी एक्सप्रेस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुनः रविन कुमार नेपाललाई अध्यक्ष चयन र स्वतन्त्र सञ्चालकको रूपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।

एससीटी विभिन्न बैङ्क, वित्तीय संस्था, तथा रेमिटेन्स कम्पनीबाट प्रवर्धित तथा नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकका रूपमा स्थापित संस्था हो । यस संस्थाबाट एससीटी–युनियन पे, भिसा, मास्टर कार्ड, डाइनर्स लगायतका कार्डहरू स्वीकार तथा जारी गर्ने गरिन्छ । साथै स्मार्ट क्युआर, मोबाइल बैङ्किङ सेवा तथा अन्तर बैङ्क रकमान्तर सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल २१ भन्दा बढी बैङ्क तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाहरूले एससीटी मार्फत विभिन्न डिजिटल भुक्तानीका सेवाहरू लिइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x