"आइएमई पे र एम बैङ्क बिच सम्झौता”

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैङ्क बिच सम्झौता सम्पन्न भएको छ ।  सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार एम बैङ्क एप मार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरू तथा संस्थाका सदस्यहरूले आइएमई पे वालेटमा रकम लोड, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुने सो कम्पनीले बताएको छ । 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पेमा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको सोही कम्पनीले जनाएको छ । आइएमई पेका देशभर करिब ४५ हजार एजेन्ट रहेको सो कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x