“कन्दरा” ब्यान्डले प्रस्तुत गर्‍यो यो वर्षकै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम आइएमई पेद्वारा टिकेटिङ पार्टनरको रूपमा टिकटको उत्कृष्ट व्यवस्थापन

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा भर्खरै सम्पन्न भएको “कन्दरा- लाइभ इन पोखरा” इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ । सङ्गीत, ऊर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश “पहिला घर देश, अनि परदेश”को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पौष २७ गते शुक्रवार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम समापन गरेको छ । “पहिला घर देश, अनि परदेश”को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले सो कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै, "सबै क्षेत्रका सङ्गीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा  हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण रहेको" जनाउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x