“नयाँ वर्षमा आइएमई पेले ल्यायो “आइएमई पेसँग २०८० १००५ खुशी ”अफर”

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ  ।

२०८० वैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्नु हुने १० भाग्यशाली सेवाग्राहीहरूले १००% क्यासब्याक प्राप्त गर्नेछन्।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरूले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । ग्राहकहरूलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ सो अफर सञ्चालन गरेको सो कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x