नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ। बिहीबार बिहान बसेको सञ्चालक समितिको ६८२ औँ बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
यस अघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आउनुभएको ज्ञवाली बैङ्किङ क्षेत्रमा स्पष्ट वक्ताका रूपमा चिनिनुहुन्छ । उहाँले नेपाल राष्ट्र बैङ्क लगायत विभिन्न वाणिज्य बैङ्कको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैङ्किङ क्षेत्रको अनुभव बटुली सक्नुभएको छ ।
सिएसमेत रहनुभएको ज्ञवालीसँग बैङ्कहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क, ग्लोबल आइएमई बैङ्क, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैङ्कसहित पुँजी बजार तथा बैङ्किङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैङ्क लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।
त्यस्तै सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
