प्रभु बैङ्क लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटेल बिच व्यावसायिक साझेदारीको लागि एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच मार्फा प्यालेस होटेलका तर्फबाट केशव रिजाल (owner) र प्रभु बैङ्क लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।
सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले बैङ्कको डेबिट/क्रेडिट कार्ड तथा बैङ्कको अन्य कुनै विद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटेलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटेल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैङ्क लिमिटेड तथा मार्फा प्यालेस होटेल बिच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैङ्क लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।
प्रभु बैङ्क लिमिटेड तथा मार्फा प्यालेस होटेल बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
