प्रभु बैङ्क लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बिच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैङ्क र सी.जी मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्स प्रा.लि.बाट ग्राहकहरूलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैङ्कको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैङ्कले जनाएको छ । सो सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैङ्कले विश्वास लिएको बताएको छ ।
प्रभु बैङ्कको पिओएस (Point of Sale) मार्फत अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%