सन्राइज बैङ्क लिमिटेडले बैङ्किङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैङ्किङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैङ्किङ सेवा बिस्तार गर्दै आएको सो बैङ्कले बताएको छ । सोही क्रममा वैशाख १५ शुक्रवार बैङ्कले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुरमा १०१ औँ र डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औँ शाखारहित बैङ्किङ सेवा शुभारम्भ गरेको थियो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा आएसँगै बैङ्कको शाखारहित बैंकिङ्ग सङ्ख्या १०२ पुगेको सो बैङ्कले जानकारी दिएको छ । बैङ्कले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको सोही बैङ्कले बताएको छ । सो शाखारहित बैङ्किङबाट निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैङ्कले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराउने पनि सो बैङ्कले बताएको छ ।
सन्राइज बैङ्कको २ शाखारहित बैङ्किङ सेवा बिस्तार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
