युनिक नेपाल लघुवित्तको नाफामा १०७.०२ प्रतिशतको गिरावट

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०७.०२ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्त  २२ लाख ७५ हजार रुपैयाँ घाटामा गएको देखिन्छ ।

११ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिक नेपाल लघुवित्तले ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले ८७ करोड १ लाख रुपैयाँ सापटी लिएको छ ।


युनिक नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.६८ प्रतिशतले घटेर ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ५.७० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६० रुपैयाँ ०९ पैसा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x