नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरूको लागि "५ मा १००- इन-ड्राइभको पुरै कमिसन फिर्ता" नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरू मार्फतका सेवाग्राहीहरूलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।
मङ्सिर ९ गते देखि फाल्गुन ९ गते सम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरूले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरू गरेर आफूले इन-ड्राइभलाई तिर्नु पर्ने कमिसन १००% फिर्ता पाउन सक्नेछन्। साथै तोकिएको कारोबार वा भुक्तानीहरू गरे बापत रु. १०० सम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरूले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नु पर्ने हुन्छ।
- नयाँ ग्राहकहरूलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (रु. ७५ सम्म बोनस)
- यात्राको भुक्तानी QR वा वालेट ट्रान्सफर मार्फत आफ्नै आइएमई पे एपमा लिने (रु. १० बोनस, प्रति दिन)
- डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन)
- भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन)
- मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (रु. १० बोनस, प्रति दिन)