कमलादीमा 'आइटी प्लाजा महोत्सव २०२५' सुरु, ८०% सम्म छुट

काठमाडौँको कमलादीस्थित आइटी प्लाजामा ‘आइटी प्लाजा महोत्सव २०२५’ सुरु भएको छ । मे १ देखि सुरु भएको महोत्सव मे ७ सम्म चल्नेछ । एक हप्तासम्म चल्ने यो महोत्सवमा ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत विभिन्न इलेकट्रोनिक सामग्रीहरूमा ८० प्रतिशतसम्मको छुट रहेको छ ।

महोत्सवमा एसर, डेल, लेनोभो, आसुस, एमएसआई, लोजिटेक, प्रोलिङ्क, थर्मलटे जस्ता चर्चित ब्रान्डका उत्पादनहरू आकर्षक मूल्यमा उपलब्ध छन् । ग्राहकहरूले विभिन्न खुद्रा विक्रेताहरू नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेशनल, अनलाइन आइटी, इभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेशनल र अनन्त समाधानहरूबाट विशेष अफर पाउन सक्छन् ।

महोत्सवमा लक्की ड्रको पनि व्यवस्था गरिएको छ जुन विशेष विद्यार्थीको लागी मात्र रहेको छ । जसमा सहभागी ग्राहकहरूले एसर नाइट्रो गेमिङ ल्यापटप जित्न सक्नेछन् । साथै, दैनिक फोटो प्रतियोगिता पनि राखिएको छ । हरेक दिन पाँच जना विजेताले रमाइलो उपहारहरू प्राप्त गर्नेछन् । लक्की ड्रको नतिजा मे १२ मा आइटी प्लाजाको सामाजिक सञ्जाल तथा भित्रै रहेको डिस्प्ले मार्फत घोषणा गरिनेछ ।

आईटीप्रेमीहरूका लागि यो महोत्सव नयाँ प्रविधि, उत्कृष्ट अफर र उपहारको अवसर बनेको छ । आइटी ग्याजेटहरू सस्तो मूल्यमा खरिद गर्न चाहनेका लागि महोत्सव अवलोकन गर्न यो उपयुक्त समय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x