डिस्कबर/डाईनर्स तथा रूपे इन्टरनेसनल कार्डहरू एससीटीमा आबद्ध बैङ्क तथा वित्तीय संस्थाका एटिएममा प्रयोग गर्न सकिने

डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई (NPCI) अन्तर्गत जारी गरिएका रूपे  इन्टरनेसनल कार्डहरू एससीटी (SCT) सँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैङ्कका एटिएम (ATM) हरूमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहु प्रतिष्ठित नेटवर्कहरूद्वारा जारी गरिएका कार्डहरू चलाउन मिल्ने भएको छ ।

सो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (NPCI) द्वारा जारी गरिएका एक करोडभन्दा बढी रूपे  इन्टरनेसनल कार्डहरू एससीटी (SCT) नेटवर्क अन्तर्गतका एटिएम (ATM) हरूमा प्रयोग गर्न सक्ने भएको हो । यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरूलाई पनि एटिएम (ATM) मार्फत कारोबार गर्नलाई सहज र सरल हुने आशा गरेको छ । सो सुविधा छिट्टै नै एनएमबी (NMB)  बैङ्क र अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सञ्चालन गरेका एटिएम (ATM) हरूमा पनि विस्तार गर्ने योजना राखेको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रूपे कार्ड भारतमा कार्यरत नेपालीहरू तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा सँगै रूपे कार्ड प्रयोगकर्ताहरूलाई निकै सहज हुने आशा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x