स्मार्ट च्वाईस टेक्नोलोजिज (SCT) र सालपा विकास बैङ्क बिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति पत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT)र नेपाल राष्ट्र बैङ्कको ‘ख’ वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्क सालपा विकास बैङ्क लिमिटेडबिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

वैशाख २३, २०८२ मा स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता पश्चात् सालपा विकास बैङ्कका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैङ्कबाट आफ्नो लागि SCT-UPI कार्ड लिन सक्ने प्रयत्न गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x