आम नेपाली सेवाग्राहीहरूले गरेको प्रगाढ विश्वास तथा बिजबजार प्रतिको सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल तथा नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको फागुन महिनाको Campaign फागुन १९ गते राती १२ बजे देखि २० गते सम्म live गर्ने भएको छ भने Campaign का केही योजनाहरू फागुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा BIZ होली पर्वलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।
यही फागुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको Electronics: Hi-Tech Holi योजनामा ५० प्रतिशत सम्म, Apparel: Splash into Style योजनामा ६० प्रतिशत सम्म, Home Decor & Furniture: Holi-fy your Home योजनामा ५० प्रतिशत सम्म, Health & Beauty: Color Me Happy योजनामा ५० प्रतिशत सम्म र Women's Day Special: Holi with Her योजनामा ६० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । साथै सेवाग्राहीहरूले फागुन २० र २१ गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
बिजबजारको फागुन महिनाको २० मा BIZ होली पर्वलाई लक्षित, विभिन्न क्यटेगोरिमा आकर्षक छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
