स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुप प्रा लि बिच FinPOS मार्फत रणनीतिक साझेदारी

स्मार्टच्वाइस टेक्नोलोजिज (SCT) ले सिटीटेक ग्रुप प्रा. लि. सँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (payment acceptance) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यस साझेदारी पश्चात् सिटी टेक को हार्डवेयर (FinPOS) मा SCT को प्लेटफर्म मार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा  विभिन्न कार्ड स्किमहरू (Visa, UnionPay, NepalPay, etc.) तथा Dynamic QR का लागि SmartQr मार्फत  डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ ।

यस साझेदारीमार्फत SCT को सशक्त भुक्तानी पूर्वाधार (payment infrastructure) लाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैङ्क तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य (scalable) POS डिभाइस  उपलब्ध गराइनेछ।

POS Acquiring व्यवसाय गर्न चाहने बैङ्क, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरूको छुट्टाछुट्टै सदस्यता ,प्रविधि मा गर्नु पर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरूका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ ।

SCT डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ। FinPOS सँग को साझेदारी यसै प्रतिबद्धताको एक महत्त्वपूर्ण कदम हो।

एससीटीले हाल २४ वटा बैङ्क तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UnionPay कार्ड र VISA कार्ड जारी गर्ने तथा VISA, RuPay, MasterCard तथा Discover कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT अन्तर बैङ्क भुक्तानी सेवा, Smart Banking मोबाइल बैङ्किङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x