आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस-4.0" प्रमाणीकरण प्राप्त गरेको छ । सो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस 4.0 प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ।
आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरू पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।
सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात् नवीकरण गरिन्छ। यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नवीकरण गरेको छ। आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।
“नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
