कोसेली एक्सप्रेस बाट नेपाल भरि उपहार पठाउँदा खल्ती बाट भुक्तानी गर्दा प्रत्येक पटक रु ५००.०० Cash Back हुने भएको छ।
सजिलो र भरपर्दो तरिका बाट नेपाल भरि उपहार पठाउनको लागि, नेपालको अग्रणी अनलाइन बाट उपहार पठाउने माध्यम कोसेली एक्सप्रेसले हालै खल्ती वालेट सँग Cash Back सम्बन्धी सम्झौता गरेको छ। यो सँगै आज बाट मिति २०८१ भाद्र ६ गते सम्म लागु हुने गरी न्यूनतम रु २५००.०० बराबर को गिफ्ट पठाई खल्ती बाट भुक्तानी गर्दा रु ५००.०० Cash Back प्राप्त हुनेछ।
खल्ती, नेपालमा डिजिटल भुक्तानीमा विश्वसनीय नाम हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित र सहज लेनदेन गर्नका लागि एक सुरक्षित र भरपर्दो डिजिटल वालेट हो। खल्ती सँगको सहकार्य बाट अब कोसेली एक्सप्रेसका ग्राहकले नेपाल भरि अनलाइनको माध्यम बाट केक, चकलेट लगायत उपहार पठाउँदा खल्ती वालेट बाट पनि भुक्तानी गरी रु ५००.०० Cash Back प्राप्त गर्न सकिनेछ।
खल्ती सँगको से सहकार्यले गर्दा ग्राहकहरूले विदेश तथा नेपाल बाट नेपाल भरि गिफ्ट पठाउँदा भरपुर फाइदा लिने विश्वास कोसेली एक्सप्रेसका डिजिटल मार्केटिङ प्रमुख उमर अन्सारी ले व्यक्त गर्नु भयो , कोसेली एक्सप्रेसबाट केक, चकलेट, फलफूल लगायत विभिन्न उपहार पठाउँदा भुक्तानीमा धेरै नै सहज हुनुको साथै Cash Back ले ग्राहकमा उत्साह ल्याउने बताउनु भयो।
कोसेली एक्सप्रेस र खल्ती बिच Cash Back दिने सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
