इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै

एडचेन्ज नेपाल संस्थाले डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ११ गते अर्थात् २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गर्दै छ । साे संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ । होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेसन नामक संस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो । फेब्रुअरी महिनाको तेस्रो हप्ताको बिहीबारको दिन विश्वका सयौँ देशहरूमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ । यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगन सहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले मुख्य वक्ताको रूपमा प्रस्तुति दिने सोही कम्पनीले बताएको छ । यसै गरी नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक डा. भोजराज घिमिरे र काडिंगल भारतमा सह संस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुति रहेको पनि सो कम्पनीले जानकारी दिएको छ ।

प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य संस्थाहरूबाट विशिष्ट व्यत्तिहरुबिच अन्तर्क्रिया सञ्चालन हुने साे कम्पनीले जानकारी दिएको छ । आइडिया पिचिङको रूपमा शिक्षकहरूले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको पनि सो कम्पनीले बताएको छ । साे कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरूमा सघाउ पुर्‍याउने आयोजकले विश्वास लिएको बताएको छ । कार्यक्रमको बारेमा थप जानकारी लिन www. edchangenepal.org हेर्न सक्ने जानकारी सो कम्पनीले जानकारी दिएको छ ।

नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरू भइरहेका छन् । विशेष गरी कोभिड १९ पश्चात् विद्यार्थीहरूको सिकाइको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवर्द्धन गरेको छ । एक दर्जनबढि कम्पनीहरूले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन् । तर, अझै पनि डिजिटल लर्निङलाई पुर्णरुपमा आत्मसाथ गर्न नसकेको सो कम्पनीले बताएको छ ।

सरकारले विद्यालय स्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौँसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा, अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ । यसको लागि आवश्यक पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x