नेपाल टेलिकमको मोबाइल र टेलिफोन सेवामा आएको प्राविधिक समस्या



मिति २०७९।१०।०३ गते करिब १२ बजेदेखि केही समय टेलिकमका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकहरूबाट तत्काल समाधान गरिएको टेलिकमले जनाएकाे छ । समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको सङ्ख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहकहरूले असजिलोपन व्यहोर्नुपरेकाे टेलिकमले बताएको छ । यसरी प्राविधिक समस्याका कारण ग्राहकहरूमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको बताएको छ ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने पनि जानकारी दिएको छ । सेवाग्राहीलाई अविच्छिन्न, निर्बाध गुणस्तरीय दूरसञ्चार सेवाहरू प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको बताएको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरूमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x