नेपाल टेलिकमद्वारा Connect IPS सम्बन्धी ठगी गतिविधिप्रति सचेत रहन आग्रह

नेपाल टेलिकमको मोबाइल र टेलिफोन सेवामा आएको प्राविधिक समस्या | Gyanmandu |  Achieving Excellence Together


नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई पछिल्ला दिनमा बढ्दै गएको ठगी सम्बन्धी गतिविधिबाट सचेत रहन अनुरोध गरेको छ।

हालका दिनमा विभिन्न Alert ID मार्फत नेपाल टेलिकमका ग्राहकहरुको मोबाइलमा “Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it” भन्ने सन्देश पठाइने गरेको पाइएकाे छ। उक्त सन्देशमा दिइएका लिंकहरूमा गएर Username र Password प्रविष्ट गरी Login नगर्न नेपाल टेलिकमले आग्रह गरेको छ।

नेपाल टेलिकमले ठगीका लागि प्रयोग भइरहेका केही URL address समेत सार्वजनिक गरेको छ:

  • https://shorturl.fm/K6xKh

  • https://shorturl.fm/xMwH6

कम्पनीले आफ्नो आधिकारिक वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल (Facebook, X आदि) मा मात्र प्रकाशित सूचनालाई विश्वास गर्न र अन्य लिंक वा वेबसाइटमा नजान उपभोक्ताहरुलाई अनुरोध गरेको छ।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले ग्राहकहरुलाई पूर्ण सावधानी अपनाउन आग्रह गर्दै यस्ता ठगी गतिविधिबाट जोगिन कम्पनीले निरन्तर सचेतना फैलाइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x