साउनको महिना आइएमई पे मा नारीहरूलाई लक्षित गर्दै आयो 'प्रिटी उत्सव'

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “Pretty उत्सव” नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने सो कम्पनीले बताएको छ ।

सो अफरमा जित्ने प्रत्येक विजेतालाई Pretty click को रु. ५००० को भौचर प्रदान गर्ने सोही कम्पनीले जानकारी दिएको छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नुपर्ने सो कम्पनीले बताएको छ ।

अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौट गर्ने सो कम्पनीले जानकारी दिएको छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गर्ने पनि सो कम्पनीले बताएको छ । सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने सो कम्पनीले बताएको छ।  विजेताहरूले Pretty Click मा गएर सो भाउचरको प्रयोग गर्न सक्ने सोही कम्पनीले जानकारी दिएको छ। सो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको सो कम्पनीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x