आइएमई पे र चन्द्रागिरि हिल्सबिच सम्झौता, आयो प्रणय दिवसको फील द एअर अफर

आइएमई पे र चन्द्रागिरि हिल्सले फील द एयर नामक अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्नु भए चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

सीमित समयको लागि मात्र लागु भएको सो अफर मार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्नेछन् । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनेछन् । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने सो कम्पनीले बताएको छ ।

साथै, यी दुई कम्पनीबिच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने छन् । सो अफरको विजेताहरूको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x