एम बैङ्कबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० को क्यासब्याक

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैङ्क मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैङ्क मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु १००० क्यासब्याक जित्न सक्ने सो कम्पनीले जानकारी दिएको छ । क्यासब्याकको रकम विजेतालाई वालेट मा प्रदान गर्ने सोही कम्पनीले जानकारी दिएको छ । सो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुने सो कम्पनीले बताएको छ ।

केही समय यता आइएमई पे र एम बैङ्क बिच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ सो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एम बैङ्कका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x