नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न मिल्ने

आइएमई पे र नेपाल एयरलाइन्सबिच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ता को रूपमा रहने सम्झौता भएको छ ।

सो सम्झौता अन्तर्गत ग्राहकहरूले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने छन् ।


नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकता अनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।

ग्राहकहरूलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ सो सम्झौता गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x