
नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरू मध्ये Access Code १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/१५ गते राती १२:०० बजेदेखि लागु हुने गरी Access Code १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको हो ।
यसका साथै Access Code १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेन्ड निर्धारण गरेको कम्पनीले जनाएको छ ।
Access Code मार्फत भारत कलका लागि नयाँ सुलभ दर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
