आइएमई पे को पे विथ लिङ्क बैङ्क सुविधा

आइएमई पे ले पे विथ लिङ्क बैङ्क सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अबदेखि हरेक बैङ्क प्रयोगकर्ताहरूले आफ्नो बैङ्क लिङ्क गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने छन् ।

सो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैङ्क लिङ्क गरे बापत रु. १००/- र बैङ्क लिङ्क गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्याकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाएको सो कम्पनीले जनाएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्युआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रु. २ सय ५० देखि ७ सय सम्मको क्यासब्याक बैङ्क लिङ्क गरी कारोबार गर्दा प्राप्त हुनेछ ।

थपिएको सो सेवाले बैङ्क प्रयोगकर्ताहरूलाई लिङ्क बैङ्कबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठुलो रकमको भुक्तानीमा पनि सिधै पे विथ लिङ्क बैङ्क छनोट गरी भुक्तान गर्न सक्ने सो कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x