आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन् । भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरेको र उक्त अफर यहीँ फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

सो अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x