एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजी (स्मार्ट क्युआर) ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट आफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रु. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन् । यो योजना २०७९ साल पौष २० गतेसम्म रहने छ भने  छुट अवधिभर हरेक ग्राहकले  रु. ९०० सम्म छुट लिन सक्ने छन् ।


स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरूमा क्यु आर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एसिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x