धितोपत्र बजारमा १७.२४ अङ्कको वृद्धि , नेप्से २०४६.२६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २४ अंकले बढेर २०४६ दशमलव २६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ७१ अंकले बढेर ३९४ दशमलव ०१ को विन्दुमा पुगेको छ ।




आज कूल २६१ कम्पनीहरूका १ कराेड ८ लाख ८० हजार ९०४ कित्ता शेयर रु. ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य विकास बैंक उपसमूह २ दशमलव १२ अङ्कले र वित्त उपसमूह ३ दशमलव २१ अङ्कले घटेकाे छ । यता, बैंकिङ उपसमूह ६ दशमलव ७५ अङ्कले बढ्दा होटेल तथा पर्यटन उपसमूह १४.९६ अङ्कले, जलविद्युत उपसमूह ५.५३ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६२ अङ्कले, जीवन बिमा उपसमूह ३०१.३५ अङ्कले, उत्पादन उपसमूह ३१.४० अङ्कले, लघुवित्त उपसमूह २८.४९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०५ अङ्कले, निर्जीवन बिमा १६२.०८ अङ्कले, अन्य उपसमूह २५.४५ अङ्कले र ट्रेडिङ उपसमूह ६.०९ अङ्कले बढेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x