आ. व. २०८०/०८१ का लागि कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको लाभांश घोषणा

कुमारी सामुहिक लगानी काेष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले लाभांश घोषणा गरेका छन् । कम्पनीको मिति २०८१ साल भाद्र १० गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ७० औँ बैठकले गरेको निर्णय अनुसार  आ. व. २०८०/०८१ को लागि २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो ।

कुमारी इक्वीटी फण्डले ९.५० प्रतिशतले हुन आउने ९ करोड ५० लाख रुपैंया रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ भने कुमारी धनबृद्धि योजनाले ९.५० प्रतिशतले हुन आउने ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैंया ०५ पैसा रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x