ओम मेगाश्री फर्मास्युटिकल्सको ११औँ साधारण सभा मङ्सिर २६ गते


ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारण सभा मङ्सिर २६ गते शुक्रवार बोलाएको छ। कम्पनीको औद्योगिक परिसर, जुगेडी, भरतपुर महानगरपालिका–२९, चितवनमा बिहान ९ः१५ बजे सभा आयोजना हुनेछ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पेस गरिनेछ।

त्यसै गरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। कम्पनीको सार्वजनिक शेयर धनी समूहबाट चार जना सञ्चालक निर्वाचित गर्ने कार्यसूचीसमेत रहेको छ।

सभामा रोयल फर्मास्युटिकल्सलाई अधिग्रहण गर्ने प्रक्रियासँग सम्बन्धित अन्तिम समझदारी पत्र (एमओयू), अधिग्रहण योजना, व्यावसायिक योजना तथा अन्य सम्बन्धित कागजात स्वीकृत गर्ने प्रस्ताव पनि पेस गरिनेछ।

यसै गरी, स्वीकृत सेयर स्वाप अनुपातका आधारमा रोयल फर्मास्युटिकल्सका शेयर धनीलाई ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गरिनेछ।

अधिग्रहणपछि आवश्यकताअनुसार कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी तथा सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने र सोहीअनुरूप प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मङ्सिर १४ गतेसम्म कम्पनीको शेयर धनी कायम रहेका लगानीकर्ताले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x