
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले बढेर २८२४ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज कूल ३५० कम्पनीहरूका ३ करोड ९५ लाख ४९ हजार ०३३ कित्ता शेयर रु. १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८१ करोड १ लाख २१ हजार २०१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, रिडी पावर कम्पनी लिमिटेडको रु. ६७ करोड ९६ लाख ४३ हजार ३४८ बराबरको शेयर कारोबार भएको छ ।
यता, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ६२ करोड ५५ लाख २३ हजार ९६४, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ५५ करोड १३ लाख १८ हजार ७८१ र राधी विद्युत कम्पनी लिमिटेडको रु. ४५ करोड ७६ लाख ४ हजार ९७५ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
