सर्वोत्तम पेन्ट्सले प्रस्ताव गर्‍यो १० प्रतिशत बोनस शेयर


सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम ३४ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

बोनस शेयर वितरणका लागि आवश्यक कर प्रयोजनार्थ कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश छुट्टाएको छ।

प्रस्तावित बोनस शेयर आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x