आज देखि इष्टर्न हाइड्राेपावर लिमिटेडको आइपिओ विक्री खुल्ला

 

इष्टर्न हाइड्राेपावर लिमिटेडले असाेज २८ गते (आज) देखि आईपीओ विक्री खुल्ला गरेकाे छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाखसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र भाेजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि बाँडफाँट गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयरको आईपीओ विक्री गर्न लागेको हो।


सो कम्पनीले निष्कासन गर्ने ६ लाख ७० हजार ३१० कित्ता शेयर मध्ये १३ हजार ४०६ कित्ता अर्थात कुल निष्काशनको २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको र ३३ हजार ५१५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने ६ लाख २३ हजार ३८९ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) कार्तिक १ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा कार्तिक १४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।


यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x