१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव, कसको कति ?

गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्‍जमा सूचिकृत कम्पनीहरूको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् ।  जसमध्ये अधिकांश कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।

लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बिमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।


नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्चालक समितिले निर्णय गरिसकेका छैनन् ।
 

कम्पनी बोनस शेयर (%) नगद लाभांश (%)
प्रभु बैंक ६.५ १.५
नेपाल इन्भेष्टमेन्ट बैंक 4 7
मेगा बैंक 4 3.83
सिद्धार्थ इन्स्योरेन्स   9.47
प्रिमियर इन्स्योरेन्स 5 10
युनाईटेड इन्स्योरेन्स 5 0.26
नेपाल इन्स्योरेन्स 8 0.42
प्राइम लाइफ इन्स्योरेन्स 13 0.68
गरिमा विकास बैंक 13 1.5
जाल्पा सामुदायिक लघुवित्त 73 3.84
एनआइसी एसिया ग्रोथ फन्ड   13
एनआइसी एसिया ब्यालेन्स्ड फन्ड   13
एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड   6
एनआइबील प्रगति फन्ड   4.2
लक्ष्मी इक्विटी फन्ड   5
लक्ष्मी उन्नति फन्ड   5
बोटलर्स नेपाल (बालाजु)   २०
बोटलर्स नेपाल (तराई)   ६०
माउन्टेन इनर्जी नेपाल  
१०.५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x