कालंगा हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न


कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आइपिओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले जेठ ८ गतेदेखि १३ गतेसम्म बिक्री खुला गरेको आइपिओ आज बाँडफाँड गरेको हो।

आइपिओको निष्कासन तथा बिक्री व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले बाँडफाँड प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

कम्पनीको आइपिओमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको थियो। बिक्री प्रबन्धकका अनुसार कुल २८ लाख ६० हजार ७६६ आवेदन प्राप्त भएका थिए, जुन निष्कासित शेयरको तुलनामा अत्यधिक बढी हो।

मागभन्दा धेरै आवेदन परेकाले धितोपत्र निष्कासन नियमावलीअनुसार गोला प्रथा विधिबाट शेयर बाँडफाँड गरिएको छ। बाँडफाँड परिणामअनुसार २ लाख ८७ हजार आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x