ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली बिभागले आज एक निर्देशन जारीगर्दै डेबिट कार्डबाट न्यूनतम प्रति कारोबार रु ५०० /- देखि आधिक्तम रु २०,०००/- सम्म नगद झिक्न पाइने तर प्रति दिन रु ६०,०००/- भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरेको छ यस अघि प्रति कारोबार रु ५०० /- देखि आधिकतम रु २५,०००/- सम्म नगद झिक्न पाइने तर प्रति दिन रु १,००,०००/- भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था थियो। त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरुले Issuer र Acquirer फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रति कारोबार न्यूनतम रु ५००/- देखि आधिकतम रु २०,०००/- सम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्ने छ। यस अघि प्रति कारोबार न्यूनतम रु ५००/- देखि आधिक्तम रु २५,०००/- सम्म नगद झिक्न सक्ने व्यवस्था थियो।
नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
